Logo

पोखरा — गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशमाथि १६–० गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

स्याङ्जाको वालिङमा शनिबार भएको खेलमा एपीएफकी सावित्रा भण्डारी एक्लैले ५ गोलको योगदान दिइन् । एपीएफका लागि सरु लिम्बुले ह्याट्रिक पूरा गरिन् ।

खेलको पाँचौं मिनेटमा पहिलो गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएकी सावित्राले १३, १८, ४५ र ५२ औं मिनेटमा गोल गरिन् । सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन् ।

एपीएफका लागि नवौं र २७ औं मिनेटमा अनिता केसी, २१ औं मिनेटमा प्रीति राई र पहिलो हाफको इन्ज्युरी समयमा सविता रानाले गोल गरे । ६१ औं मिनेटमाच मनमाया लिम्बु, ७१ औं मिनेटमा गीता राना, ८३ औं र ८६ औं मिनेट रविना गोलेले गोल गरे ।


सम्बन्धित समाचार