Logo

वृद्धाश्रममा खाद्यान्न सहयोग कार्यक्रममा सहभागीहरु

४ कार्तिक, वीरगन्ज । सामुदायिक रेडियो, नारायणी एफ.एम १०३.८ मेगाहर्जले ठोरी गाउँपालिकामा संचालित वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । एफ.एम.को १७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार बिहान ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा संचालनमा रहेको वृद्धाश्रमममा खाद्यान्न वितरण गरेको हो ।

नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटा सहितको संचालक समितिको टोलीले वृद्धाश्रमका संरक्षक तथा संचालक आश बहादुर गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

आश्रममा आश्रितहरुलाई एफ.एम.को तफबाट १० बोरा (३०० केजी ) चामल, १ बोरा आलु र २ कार्टुन चाऊचाऊ लगायतको सामान ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको उपस्थितिमा हस्तान्तरण गरिएको नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष रामप्रकाश कुवँर, मुठ्ठी दान अभियानका संयोजक संतोष श्रेष्ठ, नारायणी एफएम संचालक समितिका कोषाध्यक्ष कमल मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार