Logo

४ कार्तिक, वीरगञ्ज ।
पर्साको रामभौरीभाठा अन्तरगत हात्तीसारमा कार्यरत कर्मचारीको हात्तीको आक्रमणबाट शुक्रवार साँझ मृत्यु भएको छ ।

ठोरी गाउँपालिका वडा नंं. ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रामभोरी भाठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नंं. ५ डुमरवाना बस्ने बर्ष ३१ का रमेश महराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको कामिनी कली नाम गरेको हात्ती चराई हत्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रमण गरेको र उनी घाइते भएपछि उपचारका लागि वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महराको लाशको पोष्टमाटम गरिएको र उनका आफन्तलाई बुझाउने प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आफै माउते भई चराउन लिएर गएको हात्तीले एक्कासी कसरी आक्रमण गरयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार