Logo

७ कार्तिक, वीरगन्ज । वीरगञ्ज नाका स्थित नेपाल भारत सीमामा आज ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्ज रक्सौल नाका स्थित मितेरी पुलमा भारत घर भएका ६० बर्षिय एक बृद्धको मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १२ बजे तिर भारतबाट नून लिएर आउदै गरेको ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा वृद्धलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट भारतीय वृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ललले जानकारी दिए ।

मृत्यु हुनेमा भारत पूर्वी चम्पारण रक्सौल नगर परिषद वडा नम्बर १८ का विश्वनाथ ररहेका छन् । प्रहरी निरीक्षक मल्लका अनुसार घटनास्थल वरिपरी मृतकको औषधिहरु पनि छरिएर अवस्थामा भेटिएकोले उपचार गरेर राक्सौलतर्फ फर्किएको हुनसक्ने अनुमान छ । घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय नागरिक भएकाले शव भारतीय प्रहरीको जिम्मा लगार्ईको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको छ । चालकलाई भने फरार रहेका छन् । दुर्घटनाका कारण मितेरी पुलमा २० मिनेट जति सवारी आवागमन अवरुद्ध भएको थियो ।


सम्बन्धित समाचार