Logo

१० कार्तिक, वीरगञ्ज ।
तिहारको मुख्य दिन आज भाइटीका गरेर मनाईँएको छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा थियो । दिनैभरी टीका लगाउन सकिने जानकारी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गराएको थियो । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेक्छन् ।

त्यसपछि परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका पूर्व अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यता बिरगंजमा पहिलोपटक सामुहिक भाईटिका कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज आदर्शनगर स्थित पुरानो बसपार्कमा सामुहिक भाईटिकाको कार्यक्रम आयोजना गरिएको हो । सामुहिक भाईटीकामा विभिन्न समुदायका मानिसहरु भेला भई सामुहिक भाईटीका लगाएका थिए ।

सामुहिक भाइटीका कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउत लगायत

बिहीबार देशभर दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर तिहारको अन्तिम दिन वीरगन्जमा भने एउटा फरक किसिमले भाईटिका मनाईएको छ । वीरगन्जको पूरानो बसपार्कमा पहाडी, भोजपुरी, नेवारी, मैथीली र थारु समुदायले आ–आफ्नो संस्कार र परम्परा अनुसार भाईटिका लगाएर मनाईएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समिति र न्यूज २४ टेलिभिजनले आयोजना गरेको सामूहिक भाईटिकमा ८५ बर्षीय वृद्धदेखि मधेस प्रदेशका मुख्यमन्त्री र लालबाबु राउत गद्दी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्व नगर प्रमुख विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, सशस्त्र प्रहरी बल, नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगर, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत उद्योगी व्यावसायी, चिकित्सक, प्राध्यापक, सञ्चारकर्मी र सर्वसाधारणले समेत सामूहिक रुपमा फरक फरक समुदायका महिला दिदीबहिनीहरुको हातबाट टिका लगाए । सामुहिक भाईटिका फरक फरक समाजलाई जोड्ने सेतु बनेको सहभागीहरुले बताए ।

भाइटीका-ग्रहण-गदैै-मधेश-प्रदेशका-सशस्त्र-प्रहरी-प्रमुख-प्रहरी-नायव-महानिरीक्षक-गणेश बहादुर ठाडा मगर

सामूहिक भाइटीका कार्यक्रममा सहभाहगीहरुले आफूलाई लगाउन मन लागेको समुदायका दिदीबहिनीहरुको हातबाट टिका लगाएर शुभकामना आदानप्रदान गरेका थिए । सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले भोजपुरी समुदायका दिदीबहिनीहरुसँग टिका लगाए ।

भोजपुरी क्षेत्रमा कार्यक्रममा सहभागी भएकोले आफूले भोजपुरी समुदायका दिदीबहिनीहरुको हातबाट टिका लगाएको बताए । उनले फरक फरक समाजका संस्कार संस्कृति एकअर्काले जान्न पाएको र सामूहिक भाइटीकाले बहुसामाजिक अध्ययनको विषय पनि बनेको बताए ।

सामुहिक-भाइटीका-कार्यक्रममा-सहभागी-वीरगञ्जका-उद्योगी-व्यवसायीहरु


सम्बन्धित समाचार