Logo

तश्वीर : सामाजिक संजालबाट लिइएको हो

१३ कात्तिक, चितवन। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस नवलपरासीमा दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमा मृत्यु भएको छ ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. २ को मथारमा आज बिहान सवाँ ४ बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनमा २८ जना घाइते भएका छन् ।

घाइतेलाई उद्धारगरी उपचारका लागि भरतपुर पठाइएको इलका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।
प्रहरीका अनुसार बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ। । उक्त दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मृतक मध्ये ३ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भने हुनसकेको छैन ।


सम्बन्धित समाचार