Logo

१८ कार्तिक, वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका–२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० बर्षीय अशोक यादबलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।

विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।न्यूज कारखाना


सम्बन्धित समाचार