Logo

१८ कात्तिक, काठमाडौं । सरकारले आगामी मंसिर १ गते देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन लिने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो बन्द गरेको जनाएको छ । शुक्रबार सूचना जारी गर्दै विभागले निर्वाचनको कारण कार्यालयमा जनशक्ति अभाव हुने भएकोेले बन्द गर्नुु परेको जनाएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन । विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब एक वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।


सम्बन्धित समाचार