Logo

२३ कार्तिक, काठमाडौं । लेखक तथा पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धारास्थित एक होटेलमा मृत अवस्थामा भेटिएका छन् । सोमबारदेखि परिवारसँग सम्पर्कविहीन रहेका उनी बुधबार सिद्धार्थ होटेलको कोठामा मृत भेटिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी देवबहादुर बोहराका अनुसार परिवारको निवेदन परेपछि खोजी गरिएको थियो । प्रहरीले गरेको खोजीमा अधिकारी उक्त होटेलको कोठा नम्बर ५०२ मा मृत भेटिएका हुन् । होटलको कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको  उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

पत्रकारितासँगै उनको पुस्तक लेखनमा रुची थियो । मदिरा र सूर्ति खाँदा हात काम्ने अवस्था झेल्दै गरेका अधिकारीले आत्महत्या गरेको प्रहरीको दावी छ ।चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् ।


सम्बन्धित समाचार