Logo

४ मंसिर, वीरगञ्ज । पर्सामा आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनअन्तर्गत मतदान कार्यको मतगणना दुई स्थानमा हुने भएको छ। जिल्लामा रहेको चार वटा प्रतिनिधि र आठ वटा प्रदेश सभा सदस्यको लागि मतगणना कार्य दुई स्थानमा हुने मुख्य निर्बाचन अधिकृत बिनोदकुमार पोखरेलले जानकारी दिए।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना कार्य वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र निर्बाचन क्षेत्र नम्बर ४ को मतगणना कार्य पोखरिया नगरपालिकामा रहेको पोखरिया उच्च माबिमा हुने उनले बताए ।

मतगणना कार्यको लागि मतगणना स्थललाई तारजालीले घेरिएको सिसिटिभी क्यामेराको जडान गरिएको पोखरेलले बताए ।‘क्षेत्र नम्बर १ र २ को मतगणनाको ब्यावस्था ठाकुरराम क्याम्पसमा तथा ३ र ४ को लागि पोखरिया स्कुलमा मिलाएका छौ,’ उनले भने, ‘मतगणना स्थलमा तारजाली सिसिटिभी क्यामेरासमेत जडान गरिएका छन्।’

मतगणना स्थलमा सर्ब साधारणको मत परिणाम जानकारी गराउनको लागि माईकिङको ब्यावस्था मिलाइएको तथा पत्रकारहरुको लागि सुचना उल्बध गराउने पनि ब्यावस्था

मिलाइएको उनको भनाई छ । जिल्लामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेकोमा ५१ प्रतिशित मत खसेको अनुमान गरिएको छ ।मतदानको लागि ४ सय १२ मतदान केन्द्र र १ सय ६७ मतदान स्थल तोकिएको थियो ।


सम्बन्धित समाचार