![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2022/11/yogesh-gauchan-_.jpg?fit=710%2C480&ssl=1)
५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।