Logo

५ मंसिर, बारा । बाराको तीनवटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । क्षेत्र नम्बर–१,३ र ४ को मतगणना भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी गराउनु भयो ।

क्षेत्र नम्बर–१ मतगणना कोल्हबीमा भईरहेको छ भने क्षेत्र नम्बर–३ को कलैया स्थित शैक्षिक तालिम केन्द्रमा भईरहेको छ । क्षेत्र नम्बर–४ को मतगणना सिमरा स्थित नेपाल राष्ट्रिय उच्च माविमा भईरहेको छ ।

क्षेत्र नम्बर–२ को मतगणना केहीबेरमा शुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराउनु भयो ।क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना एकैपटक शुरु गर्न लागिएको र प्रतिनिधिहरु गणना सभाहल भित्र प्रवेश गरिसकेका छन । क्षेत्र नम्बर–४ को प्रदेश सभा क्षेत्र ४को क र ख को मतगणना पनि शुरु भएको प्रजिअ कटुवालले जानकारी गराउनु भयो ।


सम्बन्धित समाचार