Logo

७ मंसिर वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं १ बाट जसपा नेता एवं पूर्वमन्त्री प्रदीप यादव पूनः निर्वाचित भएका छन् । निकटतम प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदी भन्दा १ हजार ६ सय २० बढी मत ल्याएर यादव निर्वाचित भएका हुन् ।

एमालेजसपा गठबन्धनका उम्मेदवार प्रदीपले २२ हजार ५ सय ३७ मत पाउँदा अजयले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने पाँच दलीय गठबन्धनका उम्मेदवार लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

७७ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं १ मा मंसिर ४ गते भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।

वि.स. २०७४ को निर्वाचनमा प्रदीप २१ हजार १ सय ३२ मत ल्याएर प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार अनिल कुमार रुंगटाले भने १६ हजार ४ सय ८१ मत मात्रै पाएका थिए । ५ हजार ४ सय १८ मत सहित एमालेका विचारी यादव तेस्रो स्थानमा थिए ।

गठबन्धनमा एमालेबाट घात भयो : यादव

निर्वाचित भएपछि यादवले एमालेसँगको गठबन्धनमा धोका भएको बताएका छन् ।

एमाले भित्रका केही व्यक्तिहरुले गठबन्धनका विरुद्ध गएकोले उनीहरुलाई कार्वाहीको लागि केन्द्रमा सिफारीस गर्ने जानकारी दिए ।

उनले आफ्नो एउटा पाइला संसद र एउटा पाइला जनताको घरदैलोमा हुने बताए । उनले नागरिकताको विषयलाई मुख्य रुपमा उठाउने बताए ।


सम्बन्धित समाचार