Logo

६ पुस ,वीरगन्ज । वीरगञ्जको घण्टाघरबाट मोटरसाईकल चोरी गर्दागर्दै एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २४ अठराह सुगौलीका राम प्रवेश पटेल पक्राउ परेका हुन् ।

मधेस प्रदेश ०३००८ प ७१८६ नम्बरको मोटरसाईकल चोरी गर्दै गर्दा रामप्रवेशलाई स्थानीय व्यापारीले पक्राउ गरेका थिए ।

उनीहरुले रामप्रवेशलाई कुटपीट गर्दै प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार