Logo

१५ चैत,वीरगञ्ज । विद्युतीय सवारी साधनप्रति बढ्दै गएको ग्राहकहरूको आकर्षणलाई ध्यानमा राख्दै वीरगञ्जमा कोमाकी कम्पनीको मोटरसाइकल र स्कुटरको ‘शोरुम ’ सञ्चालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित बाईपास रोडमा नेपाली बजारमा पाइने विभिन्न कम्पनीका मोटरसाइकल र स्कुटरमध्ये उक्त कम्पनीको ‘शोरुम ’ सञ्चालनमा आउने भएको हो ।

चैते दशैको अवसर पारेर यही चैत १६ गते बिहिबार (भोली) ओम जी ट्रेड इन्टरनेशनल शोरुमको उद्घाटन गरिने शोरुमका सञ्चालक कृष्ण कुमार अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शोरुम तराई एवम् मधेश प्रदेशको आधिकारिक बिक्रेता हुनेछ ।
नेपालका लागि भने कोमाकी विद्युतीय स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्राली हो ।
डिटी ३००० हाइ स्पीड सेग्मेन्ट अन्तर्गत भारतमा निर्मित जापानीज टेक्नोलोजीको २ पाङ्ग्रे सवारीमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ ।

यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ । यसमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १ सय ४० किलोमिटरदेखि १ सय ६० किलोमिटरको माइलेज दिने अग्रवालले बताए । यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ ।

कोमाकी डिटी ३००० मा मल्टिपल सेन्सर, सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, एन्टी थेफ्ट लक, युएसबी पोर्ट, इमर्जेन्सी रिप्यर स्विच, डिस्क ब्रेकलगालयत विशेषताहरू पाइन्छ ।

नेपाली बजारमा यो कालो, निलो, रातो र ग्रे गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध छन् ।


सम्बन्धित समाचार