Logo

१७ चैत, वीरगञ्ज । मूलुकमा देखा परेको आर्थिक मन्दिको कारण संकटमा परेका बैंक तथा वित्तिय संस्था र ऋणीहरु विच सहजीकरणका लागि नेशनल एकेडेमी फर फाइनान्सियल सर्मिसेजले परामर्श सेवा दिने भएको छ ।

बैक तथा वित्तिय संस्था र ऋणी वीचको असमझदारीलाई न्यूनिकरण गर्ने र खराव कर्जा व्यवस्थापनमा सहयोगिको भूमिका खेल्ने गरी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.ले २०८० बैशाखबाट कारोबार संचालन गर्न लागेको हो ।

बढ्दो खराव कर्जाको कारण नेपालको बैकिङ क्षेत्र तनावमा छ । आर्थिक मन्दिको कारण उद्योग व्यवसाय चल्न सकेको छैन । बढ्दो महंगिले जनताको क्रयशक्ति दिन पर दिन कमजोर हुदैछ । यस्तोमा बैंक वित्तिय संस्थाबाट कर्जा लिएका ऋणिहरु कर्जाको किस्ता र व्याज तिर्न सक्ने अवस्थामा छैनन् । निष्कृय कर्जाको मात्रा बढ्दै गइरहेको छ । २ प्रतिशत भन्दा कम रहेको निष्कृय कर्जा आषाढ भित्र ५ प्रतिशत पुग्ने बारे नेपाल राष्ट्र बैकले चेतावनी दिइसकेको छ ।

अमेरिकाको बैंकहरु टाट पल्टदै जाँदा र स्विजरल्याण्डको क्रेडिट स्विस बैंक चलाउन नसक्ने अवस्थामा पुगेको भयावह अवस्था छ । यस्तोमा नेपालको बैंकिङ क्षेत्रको निष्कृय कर्जा २ प्रतिशत भन्दा कम हुँदा अन्तराष्ट्रिय मुद्रा कोषले विश्वास गर्न नसकेको अवस्था छ । दश वटा ठुला वाणिज्य बैंकको लेखा परिक्षण अन्तराष्ट्रिय मान्यता प्राप्त लेखा परिक्षकबाट गराउनु पर्ने शर्तले भविश्य कता जाने ठेगान छैन् ।

चारै तिर असहज परिस्थितिको वीच नेपालका केही ठुला उद्यगपति, व्यवसायी बैंकको ऋण नतिर्ने अभियानमा सक्रिय छन । सहकारी पछि लघु वित्त ओरालो लाग्दै गर्दा कतै नेपालका बैंक वित्तिय संस्था पनि संकटग्रस्त हुने त हैन भनि आम जनमानस त्रसित भएको अवस्था देखिन्छ । बैंकर र ऋणी वीचको तनाव र असमझदारी बढ्दै गइरहेको छ । चैत्र २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावले आगोमा घ्यू थप्ने काम भैरहेको देखिन्छ । भोटको राजनीतिले गर्दा उद्योगपति व्यवसायी बैंक वित्तिय संस्था विरुद्ध बोल्न थालेका छन् ।

नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.का संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ । त्यही आवश्यकता पूर्तिको लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउदो बैशाखबाट कारोबार संचालन गर्न लागेको भट्टराईले बताउँछन् ।

नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ । विभिन्न करपोरेट क्षेत्रका व्यक्तित्व र संचार उद्यमिहरुको समेत कम्पनीमा सहभागिता रहेको छ ।

नेशनल एकेडेमीले मूलत संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सेलिङ, कन्सलटेन्सी र कोचिङ (तालिम) गर्ने उद्देश्य लिएको छ । संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने , स्टार्ट अप व्यवसायलाई सघाउ पु¥याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने गरी कार्य योजना बनाएको छ ।

आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थापक अध्यक्ष तथा हाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका कार्यकारी प्रमुख रमेश कुमार भट्टराईले बताए ।

बैकं बित्तिय संस्था, बिमा कंम्पनि, सहकारि, उधोग ब्यवसाय मर्चेन्ट बैकिंग, धितो पत्र दलाल लगायत सबै किसिमको संघ संस्थाको संचालन, व्यवस्थापन डेभलपमेन्ट मा सहयोगिको भुमिका निर्बाह गर्ने उदेश्यले कम्पनीले काम शुरु गर्न थालेको प्रमुख कार्यकारी संचालक बसन्त राज लम्सालले बताए ।

नया उधोग ब्यवसायको संभाब्यता अध्यन गर्ने, लगानिको ब्यवस्थापन गर्ने, बैकं बित्तिय क्षेत्रमा देखिएको बर्तमान, पुरानो र खराब कर्जाको ब्यवस्थापन लगायत मध्यस्थकर्ता र सहजकर्ताको भुमिका निर्बाह गर्ने गरि बैशाख महिना देखि अनुभवि र दक्ष ब्यक्तिको सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत लम्साल जानकारी दिए ।


सम्बन्धित समाचार