Logo

४ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर गर्ने ६ जनालाई कारवाही गरेको छ । महानगरले कारवाही स्वरुप उनीहरुलाई जरिवाना गरि १० हजार ५ सय राजश्व संकलन गरेको हो ।

हिजो आईतबार महानगर अन्र्तगतका मेनरोडको सडकपेटीमा फोहोर फाले बापत सबैभन्दा बढि ई. फर्निचरलाई ५ हजार जरिवाना गराएको वीरगञ्ज महानगरका सरसफाई संयोजक प्रकाश खेतानले बताउनुभयो । त्यस्तै राजेश साहलाई १ हजार ५ सय जरिवाना गरिएको छ ।

आर्दशनगरस्थित म्युजिक चियाबार, आईस जुस लस्सी, नेहा जुस लस्सी र भुसन गुप्तालाई समेत क्रमशः एक÷एक हजार रुपैँया जरिवाना गराईएको संयोजक खेतानले जानकारी दिनुभयो ।

महानगरलाई आफू एक्लैले मात्र स्वच्छ सफा एवम् हराभरा बनाउन असम्भव हुने हुँदा उहाँले सबै महानगरबासीलाई साथ र सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार