Logo

१९ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहनुभएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले आज एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।

उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।

’छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।


सम्बन्धित समाचार