Logo

२ जेठ,काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताउनुभएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताउनुभएको हो ।

उहाँले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरिकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्षरूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पु¥याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।


सम्बन्धित समाचार