Logo

१३ जेठ,काठमाडौँ । प्रेस सेन्टर नेपालले १९ औँ वार्षिक साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा २० जना संस्थापकलाई सम्मान गरेको छ ।

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना संस्थापकलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, सदस्य गोविन्द आचार्य, ओम शर्मा, खिलबहादुर भण्डारी, चन्द्रमान श्रेष्ठ, सचिन रोका, मनऋषी धिताल, कल्पना बिसुराल, दिपेन्द्र रोकाय, संगिता खड्का, बिष्णु सापकोटा, चेतन कुँवर, मौसम रोका, दिपक सापकोटा, निमबहादुर बुढाथोकी, रामलाल विक, दिपक मैनाली, हिरामणी दुखी, अर्जुन पाठक र अरुणा रायमाझी रहनुभएको छ ।

यसैबिच ५० हजार राशीको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै ३० हजार राशीको शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई (मरोणपरान्त) र वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिलमाया शाही लाई दिइएको छ ।

भण्डारी प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवम नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य रहनुभएको थियो । मरोणपरान्त पुरस्कार प्राप्त गर्ने पौडेल प्रेस सेन्टर नेपालको उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहनुभएको थियो । यस्तै पुरस्कृत हुनुभएका शाही विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ । प्रेस सेन्टर नेपालका सल्लाहकार बलराम थापाको नेतृत्वमा रहेको पुरस्कार छनौट समितिले पुरस्कृत हुने व्यक्ति छनौट गरेको थियो ।

यस्तै प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा सबै प्रदेशबाट एक–एक जना क्रियाशील पत्रकारलाई सम्मान पनि गरिएको छ । एक नम्बर प्रदेशबाट अर्जुुन आचार्य, मधेश प्रदेश आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णालीबाट पंखबहादुर शाही, सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका हुन् ।

उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको हो । सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समिति तथा जिल्लाहरुमा सुनसरी, मकवानपुर र बाँकेलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

पुरस्कार छनोट समितिमा वरिष्ठ उपाध्यक्ष कमल गिरी संयोजकत्व तथा सदस्यहरुमा लेखनाथ न्यौपाने र गंगा बराल हुनुहुन्थ्यो । मेची–महाकाली साइकल यात्रा गरेकी प्रेस सेन्टरकी केन्द्रीय सदस्य रिता बुढाथोकीलाई कदरपत्र प्रदान गरिएको छ ।

भने जनयुद्धकालमा शंखरापुर क्षेत्रबाट शहादत प्राप्त गरेका किरण दंगाल र वेपत्ता पारिएका ध्रुव दंगाल, देवराज दंगाल, आइत तामाङको परिवारलाई पनि सम्मान गरिएको छ ।

 


सम्बन्धित समाचार