Logo

१६ जेठ,वीरगञ्ज । पर्साको बिन्दवासीनी गाउँपालिकाका विद्यालयमा डेक्सटप कम्प्युटर वितरण गरिएको छ । बिन्दबासीनि गाउँपालिका वडा नं. ३ मा रहेको श्री राम स्वरुप रामपृत चौरसिया माध्यमिक विद्यालयमा १२ थान डेल कम्पनी डेक्सटप कम्प्युटर, माउस, किबोर्ड वितरण गरिएको हो ।

पालिकाका अध्यक्ष प्रमोद तिवारीले विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतोलाई आज एक कार्यक्रमको आयोजना गरि उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा अध्ययनरत बालबालिकालाई प्राविधिक ज्ञानको बिकास गराउने उद्देश्यले कम्प्युटर लगायतका सामग्री वितरण गरिएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा पालिकामा शिक्षा क्षेत्रमा आधुनिकिकरण गरि सम्पूर्ण विद्यार्थीमा प्राविधिक शिक्षाको पहुँच बढाउने लक्ष्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले आवश्यकता अनुसार पालिका अन्र्तगतका सम्पूर्ण विद्यालय तथा विद्यार्थीको हकहितका लागि हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा विन्दवासीनि गाउँपालिकाका शिक्षक सञ्जय सर्राफ, नेपाल शिक्षक संघका अध्यक्ष नन्दुकुमार प्रसाद यादव लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार