Logo

२१ जेठ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आज विहान आगलागी हुँदा ४ फुसको गोठघर जलेर नष्ट भएको छ । स्थानिय छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज विहान ७ बजे आगो सल्केर छिमेकीका ३ गरी ४ फुसको गोठघर जलेको हो ।

आगलागीबाट छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठघर जलेर नष्ट भएको हाम्रा सहकर्मीले जानकारी दिएको छ । आगलागीबाट फुसको गोठघर पुर्णरुपमा जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज, पोखरिया र सखुवाप्रसौनीबाट गएको ३ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

 


सम्बन्धित समाचार