१ असार,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको बढेर आएको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।
हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।