Logo

४ असार, वीरगञ्ज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर ‘आदिपुरुष’को प्रदर्शन स्थगन गरिएको छ ।

‘बिहानसम्म काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रद्द भएको थियो । त्यसपछि धरान, इटहरी, जनकपुर, धनगढी, चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन हुने क्रम जारी छ । अब देशभर नै फिल्मको प्रदर्शन बन्द भयो ।

हलहरुको छाता संगठन चलचित्र संघले भने कानुनी बाटो अपनाउने तयारी थालेको छ । ‘सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम कसको कार्यक्षेत्रमा पर्छ भन्ने कुरा नै बुझिएन । संघीय सरकारले अनुमति दिइसकेको फिल्म अब हामीले प्रदर्शन गर्न पाउँछौं कि पाउँदैनौं ? अब हामी सबैसँग अनुमति लिँदै बस्ने हो कि ? अब छिनोफानो गरिदिनु पर्‍यो भनेर हामी कानुनी बाटोमा जाने सोच्दैछौं,’ संघका उपाध्यक्ष भाष्कर ढुंगानाले बताए ।


सम्बन्धित समाचार