Logo

५ असार,वीरगञ्ज । वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ । लामो समय खडेरी परेपछि पानीको मुहान सुक्न थालेपछि चापाकल लगायतका धारामा एकाएक पानी आउन छाडेको हो ।

लगातार ४० देखि ४५ डिग्रीसम्मको प्रचण्डको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको छ । वीरगञ्जको भिष्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्र

तिमा चोक, ब्रह्म चोक, भन्सार लगायतका क्षेत्रमा स्थानियले खानेपानीका लागि आ–आफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ ।
अहिले बिहानदेखि साँझसम्म नै एकैनासले लागेको चर्को घामका कारण चापाकलको पानी नै सुकेर पानीको समस्या भएको वीरगञ्ज वडा नं. १५ भिष्वा निवासी माया लामाले जानकारी दिनुभयो । उहाँले मानवजीवनमा पानी बिना कुनै काम नै नहुने भन्दै पानीकै अभावले अहिले प्याकप्याक हुन थालेको गुनासो गर्नुभयो ।

त्यस्तै चापाकलबाट पानी नआउदाँ मोटरमा पानी नचढेको लिङकरोडका गणेश पौडेलले बताउनुभयो । अहिले टोलटोल, संघ सस्था, विद्यालय, कलकारखानामा पानीको अभाव खड्किएको छ । लामो समयदेखिको खडेरीले पानीका मुहान सुक्न थाल्नुका साथै मोटर जल्ने तथा करेन्ट लाग्ने समेत हुन थालेको छ ।

महानगरपालिकाले वीरगञ्जका विभिन्न स्थानहरुमा खानेपानीको लागि ट्याङकरबाटै पानी वितरण गरेको भएपनि उक्त स्थानका नागरिकलाई भने बेवास्ता गरेको स्थानियको आरोप छ ।

यसरी जमिनको सतह मुनिबाट पानी तानेर ट्याङ्कीमा पानी संकलन गरी उपभोक्तालाई पानी वितरण गर्दै आइरहेको खानेपानी समितिले लामो खडेरीका कारण जमिनमुनि पानीको सतह घट्दा पानी वितरण गर्न नसकेको जनाएको छ ।


सम्बन्धित समाचार