Logo

२० असार, पर्सागढि। पर्साको पर्सागढि नगरपालिका वडा न २ स्थित बागबाना स्वास्थ्य चौकिमा महिलाका लागि निशुल्क स्त्रीरोग विशेषज्ञ स्वास्थ शिविरको आयोजना गरिएको छ । पर्सागढि नगरपालिकाको आयोजनामा भएको स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविरमा १५० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरका प्रमुख अतिथी नगरप्रमुख गोकर्ण पाठकले अहिले पनि ग्रामीण भेगका महिला प्रजनन स्वास्थ्य समस्यामा लाज मानेर लुकाएर बस्ने गरेकाले प्रजनन स्वास्थ्यमा ठुलो समस्या आउने गरेको जानकार िदिनुभयो । उहाँले स्वास्थ्य समस्या लुकाउनाले नै महिलामा पाठेघर खस्ने, पाठेघरमा क्यान्सर हुने जस्ता समस्या निम्तिने गरेको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षण नारायणी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर निता महर्जनले गर्नुभएको थियो । भने शिविरमा १३ जनाले परिवार नियोजनको ईम्प्लान्ट सेवा, १ जनाले परिवार नियोजनको कपटि सेवा, पाठेघरको क्यान्सरको जाँच ८९ जना, निशुल्क ल्याब सेवा ३२ जनाको गरिएको थियो ।

त्यस्तै शिविरमा महिलाको स्वास्थ जाँच गरि ११० जना लाई निशुल्क औसधि समेत वितरण गरिएको पर्सागढिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो ।


सम्बन्धित समाचार