Logo

२२ असार,पचगावाँ,पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री दलित आधारभुत विद्यालयमा एक युनिट एक विद्यालय सहयोग कार्यक्रमको आयोजना गरिएको छ ।

मध्यपूर्वी पृतन हेड क्वाटरको अवधारणा, श्री जंग गणको विशेष पहल, लायन्स क्लब अफ वीरगञ्ज, केएनपी जापान प्राली र गौतम माविको सहयोगमा आयोजित श्री जंग गणले समाजिक तथा जातिय रुपमा पिछडिएको वस्तीमा रहेको दलित आधारभुत विद्यालयमा गणको सहयोगका जनहितका कार्यक्रम अन्तर्गत संचालन गरिएको एक युनिट एक विद्यालय सहयोग कार्यक्रममा स्टिल दराज, प्लमिब्ङ्ग, शौचालय निर्माण तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

श्री जंग गणका प्रमुख सेनानी डायमण्ड कार्कीको प्रमुख आतिथ्मा भएको कार्यक्रममा बिब्यसका अध्यक्ष गोरख कुमार राम, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष पप्पु श्रीवास्तव, केएनपी जापान प्रालिका प्रतिनिधि रवि यादव, सह सेनानी सुदर्शन धिताल, शिक्षक रामनरेस यादव, जदु साह, विद्यालयका सम्पुर्ण शिक्षिकाहरु तथा स्थानियहरुको उपस्थिती थियो ।

 

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष अशेस्वर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


सम्बन्धित समाचार
भर्खरै