Logo

२८ असार,वीरगञ्ज । वीरगञ्जमा सावन मेलाको आयोजना हुने भएको छ । वुमन्स क्रिएसनको आयोजनामा आगामी सावन ६ गते बिरगंज स्थित होटल लर्डस दियालोमा सावन मेला लाग्ने भएको हो ।

हरेक वर्ष झै यो वर्षपनी मेलालाई निरन्तरता दिइएको आयोजक संस्थाले जनाएको छ । यस वर्ष प्रदुषणमुक्त बिरगंज भन्ने नाराका साथ मेलाको आयोजना गरिएको संस्थाकी पुर्व अध्यक्ष नुतन सरावगीले जनकारी दिनुभयो ।

मेलामा बिभिन्न प्रकारका खाना साथमा प्रदर्शनी, खेलकुद, लगायत मनोरंजनको पनि ब्यवस्था रहेको वुमन्स क्रिएसनकी पुर्व अध्यक्ष सरावगीले बताईन। मेलामा प्रवेश पाउनको लागी १ सय रुपैयाको टिकट राखिएको छ । साथै मेलामा स्टल लगाउन ईच्छुक ब्यत्तीले ९८१३३०९८५६, ९८४५१८७४९० मा फोन गरेर स्टल पनि बुक गर्न सक्ने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार