Logo

२३ साउन,काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेको छ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै आएको एमालेले गृहमन्त्रीले उक्त विषयमा उठेका प्रश्नको जवाफ संसदमा दिने सहमतिमा संसद अवरोध नगर्ने भएको हो।

संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतहरु सहभागी थिए।

यसैबीच सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन्।


सम्बन्धित समाचार