Logo

२६ साउन,काठमाडौं । भारतले टमाटरको भाउ घटाउन नेपालबाट आयात थालेको छ। भारतकी अर्थमन्त्री निर्मला सितारमणले बिहीबार लोकसभामा बोल्दै यसबारे जानकारी गराएकी हुन्।

‘हामीले टमाटरको आयात गर्नका लागि आयात प्रतिबन्ध हटाउने निर्णय गरेका छौं’, सितारमणले भनिन्, ‘नेपालबाट टमाटरको पहिलो खेप वारणासी, लखनउ र कानपुरमा शुक्रबारसम्म आइपुग्ने संभावना छ ।’त्यसपछि टमाटर ७० रूपैयाँ किलोमा आउने उनको भनाइ छ ।

उनले आन्ध्र प्रदेश र कर्नाटकको होलसेल मण्डीमा टमाटरको भाउ यसअघि नै एक सय रूपैयाँभन्दा तल आइसकेको पनि बताइन्।कोलार मण्डीबाट टमाटर बुक गरिएको र दिल्ली आउँदै गरेको उनले जानकारी गराइन्। यो टमाटर किलोको ८५ रुपैयाँ पर्ने हिसाब आइरहेको उनको भनाइ छ।

राष्ट्रिय उपभोक्ता सहकारी संघ (एनसीसीएफ) ले शुक्रबारदेखि ९० रूपैयाँ किलोमा टमाटर बिक्री गर्ने घोषणा गरेको छ। अहिले भारतका नयाँ दिल्लीसहित विभिन्न स्थानमा टमाटर १ सय ४० रूपैयाँदेखि २ सय रूपैयाँ किलोसम्म पुगेको छ। नेपालमा पनि अहिले टमाटर थोकमै १ सय ६० देखि १ सय ८० रूपैयाँ किलोमा बिक्री भइरहेको छ।


सम्बन्धित समाचार