Logo

२८ साउन,वीरगञ्ज । हाल देशभर फैलिरहेको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस भएको प्रारम्भिक जाँचबाट पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा इन्टेरोभाइरस भएको पुष्टि भएको हो । गत २२ साउनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरूबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उक्त नमुनाहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरूमा इन्टेरोभाइरस देखिएको हो । नेपालमा फैलिरहेको आखा पाक्ने संक्रमण रोगको मुख्यकारण पत्ता लगाउनको नेपाल अफ्थालमिक सोसाइटी तथा नेपाल नेत्र ज्योती संघसँग सहकार्य गरेर सातैवटा प्रदेश बाट थप नमुनाहरू संकलन गरी परिक्षण गर्ने योजना रहेको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भाइरल कन्जक्टिभाइटिस मुख्य कारण भाइरस संक्रमण रहेकोमा ८० प्रतिशत एडिनो भाइरसको कारणले हुने गरेको छ । सोबाहेक केही भाइरल कन्जक्टिभाइटिसको संक्रमण इन्टेरोभाइरस तथा हरपिस भाइरसहरूले पनि गराउने गरेको प्रयोगशालाले जनाएको छ । यसपल्ट इन्टेरो भाइरस बढी देखिएको हो।


सम्बन्धित समाचार