Logo

९ भदौ,काठमाडौँ । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै तीर्थयात्री बोकेको रेलमा शनिबार (आज) बिहान आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

मदुराई जिल्ला मजिस्ट्रेट एमएस संगीताका शनिबार बिहान साढे ५ बजे मदुराई रेलवे स्टेसनमा एउटा कोचमा आगो लाग्यो। जसमा उत्तर प्रदेशका तीर्थयात्री सवार थिए।

जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो। सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला अधिकारीले भने, ‘अहिलेसम्म ५५ जनाको उद्धार गरिएको छ भने ९ जनाको शव भेटिएको छ। उद्धार अझै जारी छ।’

हेर्नुहोस् रेलमा आगलागी भएको भिडिओ


सम्बन्धित समाचार