Logo

११ भदौ,काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतवार चन्द्रमाको सतहमा तापक्रम भिन्नताको ग्राफ जारी गरेको छ। अन्तरिक्ष एजेन्सीका एक वरिष्ठ वैज्ञानिकले चन्द्रमामा रेकर्ड गरिएको उच्च तापक्रमलाई लिएर आश्चर्य व्यक्त गरेका छन् ।

राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार चन्द्र सर्फेस थर्मो फिजिकल एक्सपेरिमेन्ट (चेस्ट) ले चन्द्र सतहको तापक्रम बुझ्नको लागि दक्षिणी ध्रुव वरपर चन्द्रमाको माथिल्लो माटोको तापक्रम नाप्यो।

“यहाँ विक्रम ल्यान्डरमा चेस्ट पेलोडको पहिलो अवलोकनहरू छन्,” इसरोले एक्समा गरिएको एक पोस्टमा भन्यो। चन्द्र सतहको थर्मल व्यवहार बुझ्नको लागि चेस्टले पोल वरपर चन्द्रमाको माटोको माथिल्लो तहको तापक्रम प्रोफाइल नाप्यो।

ग्राफिकको बारेमा इसरोका वैज्ञानिक बीएचएम दारुकेशाले पीटीआईलाई भने, ‘हामी सबैले सतहमा तापमान २० डिग्री सेन्टिग्रेडदेखि ३० डिग्री सेन्टिग्रेड हुन सक्छ भन्ने विश्वास गर्यौं, तर यो ७० डिग्री सेन्टिग्रेड सम्म छ ।

यो आश्चर्यजनक रूपमा हाम्रो अपेक्षा भन्दा अधिक हो।’इसरो ले भन्यो, ‘प्रोबमा १० फरक तापक्रम सेन्सरहरू छन्। इसरोद्वारा राखिएको ग्राफले विभिन्न गहिराइमा चन्द्रमाको सतह/नजिकको सतहको तापक्रमको भिन्नता देखाउँछ।

यी चन्द्रमाको दक्षिणी ध्रुवका लागि पहिलो यस्ता दस्तावेज हुन्, जसको अध्ययन भइरहेको छ।वैज्ञानिक दारुकेशाले पृथ्वीको भित्र दुईदेखि तीन सेन्टिमिटर भित्र जाँदा दुईदेखि तीन डिग्री सेन्टिग्रेडको भिन्नता पाइन्छ भने त्यहाँ (चन्द्रमामा) ५० डिग्री सेन्टिग्रेडको भिन्नता रहेको बताए ।

चन्द्रमाको सतहको तापक्रम ७० डिग्री सेल्सियस हुँदा माटोमुनि १० सेन्टिमिटर गहिराइको तापक्रम माइनस १० डिग्री सेन्टिमिटरसम्म छ । यो रोचक छ।चन्द्रमाको सतहमा जसरी तापक्रममा भिन्नता देखिएको छ, त्यो अचम्मको कुरा हो । चन्द्रमाको सतह मुनिको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झर्छ। सतह माथि यो ७० डिग्री पुग्छ।

 


सम्बन्धित समाचार