१६ भदौ,काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ।
आदित्य–एल १ श्री हरिकोटा आन्ध्र प्रदेशको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको छ र तीन चरण सफलतापूर्वक पूरा भएको छ।यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ ।
आदित्य–एल १ सूर्यको लागि भारतको पहिलो मिसन हो। धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्।यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन।
आदित्य–एल१ ले पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ। यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो, तर सूर्य र पृथ्वी बीचको दूरीको लगभग १ प्रतिशत मात्र हो।पृथ्वीबाट सूर्यको दूरी १५१ मिलियन किलोमिटर छ।















