Logo

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज आँखा तथा दाँत अस्पतालको सहयोग र पर्साको धोबीनी गाँउपालिका वडा नं. ३ हरिहरपुरको र गोल्डेन फ्युचर एकेडेमीको आयोजनामा हरिहरपुरमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा ४२७ जना महिला, पुरुष तथा बालबालिकाको आँखा चेकजाँच गरिएको थियो । जसमध्ये ७३ जनामा मोतियाबिन्दु, ६२ जनामा आइफ्लु तथा १७५ जनालाइ चस्माको आवश्यक देखिएको नेत्र रोग विशेषज्ञ डा. चन्दन बेनर्जीले जानकारी दिनुभयो ।

शिविरमा निशुल्क रुपले औषधी समेत वितरण गरिएको थियो । मोतियाबिन्दुको समस्या भएकाको भने यहि मंगलबार शल्यक्रिया गरिने एकेडेमीका संचालक मजिद मियाले बताउनुभयो ।

शिविरमा डाक्टर चन्दन वेनर्जीको टोलीले आँखा चेकजाँच गरेको थियो । कार्यक्रममा एकेडेमीका संचालक मजिद मिया, शशिभुषण मुखिया, प्रधानाध्यापक चन्देश्वर साह, शिक्षक जोया प्रविन लगायतले प्रविधिक सहयोग उपलब्ध गराएका थिए ।


सम्बन्धित समाचार