Logo

२३ भदौ, काठमाडौं । मोरक्कोमा गएराति गएको शक्तिशाली भूकम्पमा परी करिब २९६ जनाको मृत्यु भएको पुष्टि भएको छ। देशको गृह मन्त्रालयले आफ्नो प्रारम्भिक प्रतिवेदनमा यस्तो जानकारी दिएको हो।

६.८ म्याग्निच्युडको भूकम्पपछि राजधानी माराकेशसहित देशका धेरै सहरमा मानिसहरूको भागदौढ मच्चिएको थियो।

प्रारम्भिक रिपोर्टका अनुसार अधिकांश मृत्यु देशका दुर्गम पहाडी क्षेत्रहरूमा भएको छ। जहाँ उद्धारमा समस्या भइरहेको छ। कम्तीमा १५३ जना घाइते भएको बिबिसीले जनाएको छ।

स्थानीय समय अनुसार हिजो राति ११ बजेर ११ मिनेटमा यो भूकम्प गएको हो। राजधानी माराकेशबाट करिब ७१ किलोमिटर दक्षिण–पश्चिममा उच्च एटलस पर्वतमा केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्प गएको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको अर्को झट्का गएको थियो।

भूकम्पका कारण राजधानी माराकेश र दक्षिणका धेरै क्षेत्रमा ज्यान गएको छ।

 


सम्बन्धित समाचार
भर्खरै