२३ भदौ,वीरगञ्ज । पछिल्लो समय पर्साको सदरमुकाम वीरगञ्जसहित ग्रामीण पालिकाहरुमा ब्याप्क रुपमा सरकारी गाडीहरुको दुरुपयोग भईरहेको छ ।
खासगरि स्थानीय तहका कर्मचारी,जनप्रतिनिधी तथा तिनका साथी र आसेपासेहरुले बिना अनुमति सरकारी गाडीको ब्याप्क दुरुपयोग गरिरहेको देख्न सकिन्छ ।
उनीहरुले बिना अनुमति बिदाको दिन सरकारी गाडी लिएर ब्यक्गित काम लगायत घुमफिरमा जाने गरेका छन ।सोहीक्रममा शनिबार सार्बजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै वीरगञ्जबाट राष्ट्रिय युवा सँघ नेपालले नियन्त्रणमा लिएको छ ।सँघका कार्यकर्ताहरुले वीरगञ्जबाट सरकारी गाडीहरु नियन्त्रणमा लिएका थिए ।
बिना अनुमति सरकारी गाडी चलाएपछि युवा सँघका कार्यकर्ताहरुले सरकारी नम्बर प्लेटका मोटरसाईकलहरु वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिएका थिए ।
शनिबार युवा सँघले नियन्त्रणमा लिएका गाडीहरुलाई आवशयक कारवाहीको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको छ ।नियन्त्रणमा लिइएका सरकारी गाडीहरुका चालकहरुलाई बिदाको दिन बिना अनमुति गाडी नचलाउनु भनि सम्झाई बुझाई गरि गाडी छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले जानकारी दिए ।
शनिबार बिदाको दिन पनि योजनाहरुको काम भईरहेको भन्दै सोही कामको लागि गाडी चलाएको वीरगञ्ज महानगरपालिकाका प्राबिधिक कर्मचारीको भनाई छ ।
नियन्त्रणमा लिइएको गाडीहरु मध्ये महानगरका प्राबिधिक कर्मचारीले पनि चलाईरहेको गाडी रहेको प्रहरी निरिक्षक खतिवडाले बताए । बिदाको दिनमा पनि वीरगञ्ज लगायत पर्सा जिल्लामा ब्याप्क रुपमा बिना अनमुति सरकारी गाडीहरुको दुरुपयोग भईरहेको समाचार र जनगुनासो बढिरहेको छ ।


















