Logo

२४भदौ,काठमाडौं । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ।

टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ। जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ।

प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ। सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ।

त्यस्तै, ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ।

 


सम्बन्धित समाचार