Logo

२९ भदौ,वीरगञ्ज । भारतको कश्मिरस्थित अनन्तनागमा चार दिनदेखि चरमपन्थी र सुरक्षाकर्मीबीच भिडन्त जारी छ।अनन्तनागको गडुल कोकेरनागमा चौथे दिन शुक्रबार पनि बिहानैदेखि भिडन्त चलिरहेको छ। बिहीबार चरमपन्थीको गोली लागेर एकजना जवान घाइते भएका थिए।

समाचार अनुसार घाइते ती जवानको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार दुईदेखि तीनजना चरमपन्थीको समूह राजौरीसम्म फैलिएको पिर पञ्जालको घना जंगलमा लुकेका छन्। भारतको कश्मिरमा दोस्रो दिन पनि भिडन्त, बुधबार मारिएका थिए कर्णेल, मेजर र डीएसपीयिनीहरुमध्ये एकजना लश्कर–ए–तैय्यबाका कमान्डर उजैर खान पनि रहेको बताइएको छ।

उनीहरुकै हमलामा बुधबार भारतीय सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धौन्चक र जम्मु–काश्मिर पुलिसका डीएसपी हुमान्यू भट मारिएका थिए। उक्त भिडन्तपछि सेनाका कमान्ज, स्निफर डग्स, ड्रोन र हेलिकप्टर चरमपन्थीलाई खोज्न जुटेका छन्।

सैन्य अधिकारीका अनुसार चरमपन्थीहरुलाई ४ किलोमिटरको दायरामा घेरिएको छ। चरमपन्थीहरुले मंगलबार सर्च अभियानमा रहेका सेना र प्रहरीमाथि हमला बोलेका थिए। कोकेरनागको इन्काउन्टरस्थलमा सेनाले चरमपन्थीहरुको सम्भावित स्थान पत्ता लगाउन ड्रोनको सहयोग लिइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुरक्षाबलले चरमपन्थीलाई घेरेर राखेका छन्।

बुधबार मारिएका मोहाली निवासी कर्णेल मनप्रीतको अंतिम संस्कार शुक्रबार दिउँसो हुँदैछ।। अर्कातिर पानीपतका मेजर आशीष धौन्चकको पार्थिव शरीरलाई उनको पुर्ख्यौली गाउँ बिन्झौल लगिँदैछ। त्यहीँ उनको अंतिम संस्कार हुनेछ। जम्मु–काश्मिर पुलिसका डीएसपी हुमान्यु भटलाई बिहीबार उनकै गाउँ बडगाममा अन्तिम संस्कार गरिएको छ।


सम्बन्धित समाचार