Logo

७ असोज, काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ ।काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो ।

तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो ।

यसअघि पनि उक्त मुद्दामा बारम्बार पेशी तोकिने र सुनुवाई नहुने क्रम चल्दै आएको थियो ।आइतबारका लागि मुद्दाको पेशी तोकिएका कारण चीनको ह्याङचउमा भईरहेको एशियाली खेलकूदमा सहभागी हुन जाने टोलीको विदाई कार्यक्रममा सन्दीप गएका थिएनन् ।


सम्बन्धित समाचार