Logo

फाइल तस्बिर

२१ असोज, काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ।

पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ। एजेन्सी


सम्बन्धित समाचार