Logo

२३ असोज,वीरगञ्ज । चाँडपर्वको मुखमा जनमत पार्टीको संघीय मन्त्रीको सचिवालयले मधेश प्रदेशका निजामती कर्मचारीहरुमा आतंक मचाएको छ ।

संघीय सरकारमा रहेका जनमत पार्टीले खासगरी अहिले मधेश प्रदेशका निजामती कर्मचारीलाई सरुवाको धाकधम्की दिँदै कर्मचारीहरुमा वितण्डा मचाएको स्रोतको दाबी छ ।चाँडपर्व नजिक्दै जाँदा जनमत पार्टीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देबीको सचिवालयबाट पर्सासहित मधेश प्रदेशका कर्मचारीहरु सरुवा गरिदिने सूचना आइरहेको छ ।
स्रोतका अनुसार अहिले पर्साका सबै प्रशासकीय अधिकृतलाई काठमाडौं बोलाइएको छ ।

अधिकांश प्रशासकीय अधिकृतलाई फोन गरेर काठमाडौं बोलाइएको स्रोत बताउँछ ।
एक प्रमुख प्रशासकीय अधिकृतका अनुसार सचिवालयको त्यो बोलाहटको अर्थ हो–मन्त्रीज्यू अथवा सचिवालयसंग भेटघाट गर्नु हो । जहाँको भेटघाट सामान्य भेटघाट पनि होइन, मन्दिरमा दर्शन गर्न जाँदा चढाइने भेँटी जस्तै यहाँ पनि भेटी चढाउँनु पर्ने वाला भेटघाट हो ।

त्यसकारण अहिले प्रशासकीय अधिकृतहरुमा त्रासको माहोल बनेको एक प्रशासकीय अधिकृतको भनाइ छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले पर्साका प्रमुख प्रशासकीय अधिकृतले खचाखच भरेको अवस्थामा रहेको एक प्रशासकीय अधिकृतले बताउँछन् ।

कसलाई सरुवा गर्ने कसलाई नगर्ने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले टेण्डर भइरहेको छ । त्यो टेण्डरमा फर्म भर्नेहरु भने आफू रुचाएको ठाउँमा फर्म नभर्नेहरु भने सचिवालयले पठाउने ठाउँमा जानुपर्ने अवस्था सृजना भएको एक प्रशासकीय अधिकृत बताउँछन् ।

यसबारेमा प्रतिक्रिया लिन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव नवरत्न साहले भने प्रतिक्रिया दिन चाहेनन् । कुरा गर्दागर्दै बीचमै फोन राखेका मन्त्रीदेबीको स्वकीय सचिव साहलाई बारम्बार फोन गर्दा पनि त्यसपछि सम्पर्कमा आउन मानेनन् ।


सम्बन्धित समाचार