Logo

२५कात्तिक,बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षको वडा स्तरीय बजेटमा ३० प्रतिशतले कटौती गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लागि स्वीकृत भएको वडास्तरीय कार्यक्रम तथा योजनाहरुको ३० प्रतिशत बजेट कटौती गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

कात्तिक २२ गते नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले स्वीकृत बजेटमा ३० प्रतिशत बजेट घाटा बजेट रहेकाले ७० प्रतिशत बजेटको सिमा भित्र रही योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

साथै बैठकले मंशिर मसान्तसम्ममा खरिद बिधि(उपभोक्ता समिती,सिलबन्दी कोटेशन ,बोलपत्र ) छनोट गरेर फागुन मसान्तभित्र खरिद सम्झौता गर्ने योजना तथा कार्यक्रमहरु कार्यान्वय प्रक्रिया अघि बढाउँन निणर्य गरेको बजेट योजना तथा सुचना प्रबिधि महाशाखा प्रमुखले जारी गर्नुभएको सुचनामा उल्लेख छ ।

आन्तरिक आयतर्फ कुल बजेट रु १३९ करोड बजेट अनुमान गरिएकोमा हालसम्ममा ५४ करोड आम्दानी भई संचित कोषमा दाखिला भएकाले बजेटको सुनिश्चिता नभएका कारण यस्तो गर्नुपरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउन देखि कार्तिक २४ गतेसम्म ६ करोड १६ लाख ४ हजार ९ सय ८१ रुपियाँ राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिए ।


सम्बन्धित समाचार