Logo

२७ कात्तिक,ठोरी। पर्साको ठोरीमा सन्चालनमा रहेको एकमात्र क्याम्पस विजयवस्ती क्याम्पसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

स्नातक तहसम्म अध्यापन गराउने क्याम्पसले दिपावली, छठ पर्व तथा नेपाल सम्वत ११४४ को अवसर पारेर आज कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले क्याम्पसमा विद्यार्थी संख्या न्युन रहेको अवस्था प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले पैसाका कारण कुनै पनि हालतमा क्याम्पस बन्द नहुने बताउदै क्याम्पसको व्यवस्थापन र विद्यार्थी संख्या बढाउन क्याम्पस व्यवस्थापन समितिसंग आग्रह गर्नुभयो ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षता तथा ठोरी गापाका अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरी–४ का वडाध्यक्ष मान बहादुर थिङ, ठोरी, जीराभवानी, पटेर्वासुगौली गापाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायत स्थानीय विभिन्न राजनितिक दल र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार