Logo

२८ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा उत्पन्न विवाद समाधान गर्न पर्सा कांग्रेस सभापतिको निवासमा भएको गोप्य सहमति केही मिनेटमै भंग भएको छ ।
जिल्ला सभापतिले विवाद समाधान गराउन मेयर र उपमेयरबीच गराएको सहमतिको मसी सुक्न नपाउदै वार्ता भंग भएको स्रोतको दाबी छ ।

महानगर परिसरमा तीन दिन अगाडि भएको विवाद समाधान गर्न आज कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले मेयर र उपमेयरलाई आफ्नो निवासमा बोलाएका थिए ।
स्रोतका अनुसार सभापति क्षेत्रीको निवासमा मेयर र उपमेयरबीच करिब आधी घण्टा वार्ता चलेको थियो ।

वार्तामा उपमेयरले सारेको प्रस्तावमा मान्ने सहमति गरेर बाहिरिए लगत्तै मेयरले पालना नगर्ने संकेत देखाएको स्रोतको भनाइ छ ।
गोप्य बैठकमा भएको सहमति कार्यान्वयन नहुने संकेत आएपछि कार्यपालिकाको बैठक सुरु गरिएको स्रोतको दाबी छ ।

पार्टी सभापति सिंहको रोहबरमा भएको बैठकमा स्वयम मेयर सिंह र उपमेयर आलमको उपस्थिति थियो । गोप्य बैठकमा पुरानै कोठामा प्रशासकीय अधिकृतलाई राख्ने प्रस्ताव आएको बताइएको छ ।


सम्बन्धित समाचार