Logo

१० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सामा आज नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको छ । वीरगन्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निर्माण गरेको नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको हो ।

एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पुस्तकालयको उद्घाटन गरे । वीरगन्ज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा उक्त पुस्तकालय निर्माण गरेको हो । पुस्तकालयको उद्घाटन गर्दै अध्यक्ष तिवारीले पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरेका छन् ।

पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले बताउदैँ अध्यक्ष तिवारी नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले पुस्तकालयमा बसेर पढ्न सक्ने जनाए । अध्यक्ष तिवारीले पुस्तकालय स्थापना गरेकोप्रति वीरगञ्ज लेडिज सर्कललाई धन्यवाद दिए । वीरगन्ज लेडिज सर्कलकी अध्यक्ष प्रिती खेतानले महासंघमा पुस्तकालय स्थापना गर्न पाउँदा खुशी लागेको जानकारी दिइन ।

पर्सेली पत्रकारहरुको लागि आगामी दिनमा समेत सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता छ । कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कलकी उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।


सम्बन्धित समाचार