Logo

१८ माघ,वीरगञ्ज । नागरिक समाज वीरगञ्जको नाममा महानगरका मेयर राजेशमान सिंहको पक्षमा जुलुस निकालिएको छ । मेयर राजेशमान सिंहको चरित्र हत्या गर्न खोजिएको भन्दै नागरिक समाजको नाउँमा वीरगञ्जमा प्रर्दशन गरिएको हो ।

नागरिक समाज बीरगन्जको अगुवाइमा वीरगञ्जको रातो बंगलाबाट निकालिएको जुलुसले घण्टाघर, माइस्थान , आदर्शनगर हुँदै बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

नागरिक समाजको अगुवामध्येबाट श्रीनन्दन मिश्रले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्रमा बुझाउँदै महानगर नेतृत्वविरुद्ध भ्रामक तथा अनर्गल प्रचारबाजी गर्नुको साथै सामाजिक तथा धार्मिक सदभाव विगार्ने कार्य भइरहेकोले छानविन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘केही समययता मेयर सिंहले वीरगञ्जमा विकासको लहर चलाउँदै आएका छन्, मठमन्दिर जस्ता सार्वजनिक सम्पति बचाइरहेका छन् । बीरगन्जको मुहार नै फेर्न काम गरिरहेका छन् । तर केही समयदेखि मेयर सिंहबारे अनर्गल प्रचार गर्न केही तत्व सक्रिय छन्, जसमाथि हाम्रो ध्यानाकर्षण भएको छ । त्यस्ता गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याइ कारबाही होस ।’

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबुले कानुनी प्रक्रिया अनुसार आफूहरु अगाडि बढ्ने आश्वासन दिए ।


जिल्ला प्रशासन कार्यालय बुझाइको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयमा समेत बोधार्थ गरिएको छ । ‘वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता ¥याली’ नामक ब्यानरमा जुलुस प्रदर्शन गरिएको हो ।

के हो नागरिकता काण्ड ?

यही २४ पौषमा जिल्ला प्रशासन कार्यालय पर्साबाट झुटो कागजातको आधारमा अर्काको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै विभिन्न ७ निकायमा १७ जनाले उजुरी दिएका छन ।

उजुरीमा झुटो विवरणको आधारमा मेयर सिंहले ०७५ सालको १३ साउनमा रुविना श्रेष्ठको नागरिकता दिलाएको आरोप लगाइएको छ ।
प्रशासनमा १३२५ नम्बरमा दर्ता भएको जाहेरीमा रुविना श्रेष्ठको नाममा जारी ३४–०१–७५–०४८४७ नम्बरको नागरिकतामा बुवाको नाम राजेशमान सिंह लेखिएको छ, जसमा आमाको नाम राखिएको छैन् ।

मेयर सिंहको छोरीको नाममा नागरिकता लिएका रुविना श्रेष्ठले राहदानी बनाइ अध्यापनका लागि अस्ट्रेलियामा छिन् ।
मेयर सिंहविरुद्ध जिल्ला प्रशासन तथा पर्सा प्रहरी कार्यालयसहित विभिन्न निकायमा उजेरी परेको छ । उजुरीको छानविनको जिल्ला प्रशासन कार्यालयबाट जारी भएको

नागरिकताको अनुसूची फर्म नै फाइलमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नागरिकताको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेको बताइएको छ ।

ज्ञापनपत्र

CamScanner 02-01-2024 13.38


सम्बन्धित समाचार