Logo

२१ माघ,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाभित्रका केही सार्वजनिक स्थलहरुमा मदिरा एवम् सुर्तिजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय भएको छ ।

पहिलो चरणमा महानगरभित्रका धार्मिक र विद्यालयको वरपर मदिरा एवम् सुर्तिजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय भएको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गतको बजार अनुगमन समितिको बैठकले महानगरभित्र सार्वजनिक ठाउँमा सुर्तिजन्य पदार्थहरुको बिक्रीवितरण र कारोबार गर्नमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

महानगरपालिकाकाले मन्दिर, मस्जिद, विद्यालय तथा कलेजहरुको भवन र जग्गामा मदिरा एवम् सुर्तिजन्य पदार्थहरु बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको उपप्रमुख इम्तियाज आलमले बताए ।

महानगरपालिकाका उपप्रमुख आलमले पहिलो चरणमा धार्मिक स्थल र विद्यालयको सटरमा हुने मदिरा र सुर्तीजन्य पदार्थको बेचविखनमा रोक लगाउने निर्णय भएको बताए ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

संघीय स्वास्थ ऐन अनुसार मठमन्दिर र शिक्षालयहरुको वरिपरि ५०० मिटरसम्म मदिरा एवम् सुर्तीजन्य पदार्थ बेच्न नपाइने नियमलाई टेकेर यो निर्णय गरिएको बीरगञ्ज महानगरपालिकाको कार्यालयको भनाइ छ ।

बैठकमा महानगरका प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, होटल तथा पर्यटन ब्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, घरेलु र प्रशासनका प्रतिनिधि तथा उपभोक्ता मन्चका अजित भुजेल लगायतको सहभागी थिए ।

 


सम्बन्धित समाचार