Logo

२२ माघ,वीरगञ्ज । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात फेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाले आज वीरगञ्जको घण्टाघरदेखि प्रभातफेरि आयोजना गरेको हो ।

घण्टाघरदेखि सुरु भएको प्रभातफेरीले नगर परिक्रमा गरि पूनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कोण सभामा नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव एवं चौतारीका मधेश प्रदेशका सह ईन्र्चाज श्याम वञ्जारा, नेकपा एमालेका प्रचार विभागका सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए ।


सम्बन्धित समाचार