Logo

२७ माघ,वीरगञ्ज । वीरगञ्जमा भोलीबाट सुरु हुन लागेको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुञ्च एंव ९ दिने श्री विष्णु महायज्ञको आज कलश यात्रा निकालिएको छ ।

चिनी मिलको पशुपतिनाथ मन्दिर प्राङ्गणमा भोलीदेखि सुरु हुने महायज्ञको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्धघाटन गर्ने कार्यक्रम छ ।

महायज्ञ व्यवस्थापन समिति पिपराको आयोजनामा कलश यात्रा निकालिएको हो । कलश यात्राले वीरगन्ज महानगरपालिकाको विभिन्न टोलको परिक्रमा गरेको थियो । फागुन ८ गतेसम्म चल्ने महायज्ञमा कथा वाचक साध्वी लक्ष्मी माता रहने महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज (पगला बाबा) ले बताए ।

महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार